• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अल्छेढुंगामा ढलान कमसल भएपछि रड निस्कियो, यस्तो छ सडकको हबिगत

अल्छेढुंगामा ढलान कमसल भएपछि रड निस्कियो, यस्तो छ सडकको हबिगत

नगरपालिकाको मुटुमा रहेको सडकको हबिगत


समायोजन खबर
  • सोमबार, बैशाख २४ २०७५

  • चिसाङ शेर्पा बैशाख/२४ खोटाङ,
    ठेकेदारको चरम लापारवाहीले अल्छेढुंगा–अस्पताल सडकको अल्छेढुंगामा ढलानको रड जोखिमपुर्ण तवरमा बाहिर निस्किएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगा रुटको घुम्तीमा आरसिसी ढलानको कमसल सिमेण्ट बालुवा बगेर बिच सडकमा रुखको जरा जसरी रड ठाडो परेको हो । निर्माण सकिएको पाँच महिना नपुग्दै सडक पासो थापेजस्तो बनेकोे छ ।

     

    रुपाकोट मझुवागढी नगरपालिकाको तीनलाख लागतमा संगम निर्माण सेवाले अल्छेढुंगाको बरमुनी घुम्तीमा २० मिटर सडक आरसिसी ढलान गरेको थियो । मर्मत निर्माण समापन भई गत माघ ७ गतेबाट सञ्चालनमा आएको ढलान फुट्ने, उक्कने तथा चिराचिरा हुदैं अन्ततः सडक बीचको मुख्य तीन ठाउँमा ११ वटा बढी रड ठाडो परेर अल्झीने भएको छ ।

    अल्छेढुंगा–अस्पताल सडकमा बग्रोल्ती निस्किएका रडहरु,तस्विर/चिसाङ शेर्पा 

    नगरपालिकाका ईन्जिनियर केशव गिरीले प्राविधिक स्टीमेट अनुसार बनेको भनिएकोे सडकका रडहरु आकासतिर फर्केर निस्किएपछि ईन्जिनियर हावादारी भएको प्रमाणित भएको छ । रड निस्केर बस तथा मोटरसाईकल चलाउन अप्ठ्यारो भएकाले हप्तादिन अघि तत्काल सुधारका लागि नगरपालिकामा रिपोर्टिङ गरिएको वडा नं. २ का वडाध्यक्ष हर्क बहादुर खत्रीले बताए । वडाको बजेट र योजना नपरेको हुनाले रिपोर्टिङको काम मात्रै गरिएको छ । वडाध्यक्ष खत्रीले भने, ‘सोही रुटको अगाडी खोलाको एप्रोष ११ मिटर ढलानको पानी बस्ती पस्दा २५ घर जोखिममा परेको छ ।’

     

    बिग्रिएको सडक निर्माण कम्पनीले पुर्ण रुपमा बनाउने शर्तमा कागज बनाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । निर्माण कम्पनीले कमसल सामग्रीमा काम गरेको स्वीकार्दै आचार्य टोलको बसपार्कमा बर्षात सिजनमा बस नजाने समयमा काम गर्नेगरी प्रक्रिया अगाडी बढिसकेको मेयर रिजालले जानकारी दिए । संगम निर्माण सेवा कम्पनी पुनः बनाउन सहमत भएको छ । उहाँले भन्नुभयो, “यदि नबनाए सम्बन्धित निर्माण कम्पनीको फर्म कालोसूचिमा राख्नेछौ ।”

     

    उक्त रुटको खोलामा होमपाईप वा कजवे नराखी ढलान गरीएको सडक मर्मत चरणमै विवादित थियो । बर्षातयाममा गाउभित्र भलबाढी पस्ने, घर तथा जमिन क्षती हुने भन्दै स्थानियले उक्त संरचना तत्काल सुधारको माग गरेका थिए । सडकका कारण गाउमा खोला पस्दा स्थानियहरुले बिरोध गर्दै आईरहेको छ । मुलुक संघिय संरचनामा गईसक्दा नगरपालिका आसपासमै बिकासका गतिविधिमा चरम लापारबाही हुनुले नगरपालिका आलोचित बन्दै आएको छ ।

                                               अल्छेढुंगा–अस्पताल सडकमा बग्रोल्ती निस्किएका रडहरु,तस्विर/चिसाङ शेर्पा 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology