चिसाङ शेर्पा जेठ/३ खोटाङ,
दिक्तेलको अल्छेढुंगा–अस्पताल सडकको घुम्तीमा ढलान गरिएको रड कचिया र कूटो बनाउन प्रयोग हुने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित अल्छेढुंगाको बरमूनि २० मिटर सडकमा ठेकेदारले कमसल सामग्रीमा आरसिसी ढलान गर्दा बाहिर निस्किएको रडहरु स्थानियले काट्दै लैजादै घरायसी औजार बनाउने गरेको पाईएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३ लाख लगानीमा संगम निर्माण सेवा कम्पनीले ढलान गरी गत माघ ७ गतेबाट सञ्चालनमा आएको ढलान फुट्ने, उक्कने तथा चिराचिरा हुदैं अन्ततः अहिले उक्त ढलान दिनदिनै निशाना नै मेटिदै गएको छ । नगरपालिकाकै इन्जिनियर केशव गिरीले प्राविधिक स्टीमेट अनुसार गुणस्तरीय प्रमाणित गरेको ढलान तीन महिनामै उक्कीएर रडहरु दिनानु दिन गायब हुंदा इन्जिनियर हाँसोका पात्र बनेका छन् ।

रत्नपार्क–चखेवा भञ्ज्याङबाट जिल्ला अस्पताल जानलाई उक्त घुम्तीमा साना तथा ठूला गाडीहरु चलाउन समस्या हुंदा नगरपालिकाले चप्लेटी ढुंगा माथी आरसिसी ढलान गर्न बजेट छुट्याएको थियो । ठेकेदारले ढलान गर्ने बहानामा छलछाम गरेर पैसाको नास गरेको पाईएको हो । स्थानियका अनुसार, ‘बिहान हेर्दा घुम्तीभरी रडहरु देखिने गरेको तर, साँझमा ती सबै रडहरु गायब हुने गरेको छ ।’
आफ्नो वडाको बजेट र योजना नभएकाले नगरलाई रिपोर्टिङ गर्नेमात्र काम गरिरहेको वडा नम्बर २ का वडाध्यक्ष हर्क बहादुर खत्रीले बताए । कामदारजस्तै लाग्ने ४०/४५ उमेरका ब्यक्तिले रड काट्दै थिए । नाम नबताउने शर्तमा एक ब्यक्तिले भने,“गाडीमा भएकाले फोटो खिच्न सकिन तर, रड भने काट्ने नै गरेको छ ।”
निर्माण कम्पनीले कमसल सामग्रीमा काम गरेको स्वीकार्दै बिग्रिएको सडक पुनः निर्माण कम्पनीले पुर्ण रुपमा बनाउने शर्तमा कागज बनाईएको मेयर दिपनारायण रिजालले बताउनुभयो । आचार्य टोलको बसपार्कमा बर्षातमा बस नजाने समयमा संगम निर्माण सेवा कम्पनी पुनः बनाउन सहमत भएको छ । उहाँले भन्नुभयो, “यदि नबनाए सम्बन्धित निर्माण कम्पनीको फर्म कालोसूचिमा राख्नेछौ ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology