• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुन झनै महंगो, तोलाको ७८ हजार १ सय

सुन झनै महंगो, तोलाको ७८ हजार १ सय


समायोजन खबर
  • शुक्रबार, फाल्गुन ९ २०७६

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,

    सुनको भाउ थप महङ्गो भएको छ । फागुन महिना लागेदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यो अहिलेसम्म कै महङ्गो भाउ हो । गएको फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

    यसैबीच, सुनको भाउ बढेसँगै कारोबार घट्दै गएको व्यवसायीले बताएका छन् । माघ महिनामा विवाहका लागि दैनिक दैनिक २० किलोसम्म सुनको कारोबार हुने गरेकोमा भाउ बढेसँगै माग घट्दै गएको छ । अहिले दैनिक १०-१५ किलोसम्म मात्रै सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    २०७६ फागुन ९ गते साँझ ५ :४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology