समायोजन खबर काठमाण्डाै,
आज (बिहीबार) विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सामाजिक तथा सास्कृतिक सङ्गठन युनेस्कोले सन् २०११ देखि फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।
रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोले सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको सय वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रसारण सुरु भएको ६९ वर्ष पुगेको छ । नेपालमा पहिलोपटक भोजपुरबाट २००३ सालमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि विराटनगरबाट प्रजातन्त्र रेडियोका नाममा रेडियो सुरु भएको हो । सरकारीस्तरबाट २००७ साल चैत २० गते सिंहदरबारमा रेडियो नेपालको स्थापना गरिएको थियो । यस्तै २०५२ सालदेखि एफएमको प्रसारण सुरु भएको हो ।
२०७६ फागुन १ गते बिहान ८ :३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology