समायोजन खबर एजेन्सी,
ब्राजिलमा सानै उमेरमा किशोरीहरु गर्भवती हुने र विभिन्न यौन रोगको संक्रमणबाट पिडित भएपछि सरकारले विवाह पछि मात्रै यौन सम्पर्क गर्न किशोर किशोरीलाई आग्रह गरेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेले भनिन,’तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ । हाम्रो देशका किशोर किशोरी सामाजिक दबाबमा परेर शाररिक सम्बन्ध राख्दै आएका छन् ।
उनले नीति बनाउनका लागि समेत ‘आई चुज टू वेट’ अभियानको सुरु गरेको बताएकी छिन् ।उनले ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे बहस समेत सुरु गरिसकेकी छिन् ।सेक्समाथि अहिलेसम्म बनेका अहिले सम्मका नीति सफल र प्रभावकारी हुन् नसकेको बताएका छन् । धार्मिक मान्यतालाई आधार मानेर आफुहरुले नीति बनाइरहेको उनीहरुको भनाई छ ।
यस्तै विशेषज्ञहरुले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् । ब्राजिलमा किशोर गर्भावस्थादर ६२ प्रतिशत विश्वकै सबैभन्दा बढी छ ।| जसको कारण यौन रोग र संक्रमण भइरहेको छ ।
एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित बनाउनु रहेको छ । अर्को महिना देखि ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान सुरु हुने भएको छ । सयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको मन्त्री एल्विसले बताइन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology