समायोजन खबर झापा,
नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
अभियुक्तले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा रु २२ हजारको जागिर लगाइदिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए । उद्धार गरिएका युवतीलाई संस्थाको संरक्षणगृहमा राखिएको छ । रासस
२०७६ माघ १७ गते दिउँसो २ :४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology