समायोजन खबर काठमाडौँ,
अब देखि एक हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । राष्ट्र बैंकको डिजाइन कमिटीले हाल अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने भएको हो ।
अहिले हजारको नोटमा एउटा हात्तिको तस्बिर छ ।| अब हजारको नोटमा दुई हात्ती राखिने नोट डिजाइनर सुन्दर श्रेष्ठले बताए । जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताएका छन् ।
नोटमा नेपालमै पाउने हात्तीको चित्र राख्नुपर्छ भनेर नोट डिजाइन कमिटीले पास गरेपछि त्यो अनुसार राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन गरिने उनले बताए। प्रचलनमा रहेको हजारको नोटमा समावेश हात्ती कुन मुलुको भनेर अझै यकिन भइसकेको छैन ।
२०७६ माघ १३ गते साँझ ५ :४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology