समायोजन खबर रसुवा,
अवैध रूपमा ल्याइएको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् । चीनको केरुङबाट काठमाण्डाै ल्याउन लागेका बेला उनीहरुलाई सुनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा र चालक दोलखाको तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन् ।
ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागेको सुनसहित उनीहरूलाई घट्टेखोलाबाट पक्राउ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । बरामद भएकाे सुनको बजार मूल्य १ करोड ६० लाख पर्ने प्रहरीले जनाएकाे छ ।
२०७६ माघ १३ गते साँझ ५ :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology