• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मौसम : पूर्वका एक/दुई ठाउँमा पानी र उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना

मौसम : पूर्वका एक/दुई ठाउँमा पानी र उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना


समायोजन खबर
  • आइतबार, माघ १२ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डाै,

    अहिले मध्य र पूर्वको मौसम आशिंक बदली भएको छ । मौसम बदली भए पनि काठमाण्डौसहित मध्य र पश्चिममा आइतबार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तर पूर्वी पहाडी भेगको एक, दुई ठाउँमा हल्का पानी र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाे मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । आइतबार पहाडी भेगको मौसम दिनभरि नै खुल्दै–बादल लाग्ने उहाँले बताउनु भयो ।

    यसैगरी,बिहानभरि हुस्सु र कुहिरो लागेको तराईको मौसम बिस्तारै खुल्ने क्रममा छ । सबैतिरको कुहिरो बिस्तारै हटे पनि आइतबार राम्रोसँग घाम नलाग्दा चिसो भने यथावत् रहने मौसमविद् पौडेलले जानकारी दिनुभयाे ।

    २०७६ माघ १२ गते अपरान्ह ३ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology