• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेमगीत ३ को ७० दिनमा छायाँकन सकियो

प्रेमगीत ३ को ७० दिनमा छायाँकन सकियो


समायोजन खबर
  • बिहिबार, माघ ९ २०७६

  • योगिन राई काठमाण्डौ,
    यस बर्षको बहुप्रतिक्षित फिल्महरु मध्येका एक प्रेमगीत ३ को छायाँकन सकिएको छ । छेतेन गुरुङ तथा सन्तोस सेनको निर्देशनमा बनेको यस फिल्मको छायाँकन ७० दिनमा सकिएको हो । चैत्रको २८ बाट प्रदर्शनमा आउने यस फिल्मको सम्पुर्ण निर्माण टिम छायाँकन सकेर काठमाडौ आइपुगेका फिल्मका निर्माता तथा निर्देशक सन्तोस सेनले बताएका छन ।

    करिब दुई सय बर्ष पुरानो प्रेमकथामा बनेको यस फिल्ममा प्रदिप खडका र नव अभिनेत्री कृष्टिना गुरुङको साथमा शिब श्रेष्ठ, सुनिल थापा, सन्तोश सेन, माओत्से गुरुङ, मनिस रायत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभब रेग्मी, योगिसा खत्री लगायत कलाकारहरको अभिनय रहेको छ ।
    करीब ३ करोडको लगानीमा निर्माण भएको फिल्मको छायाँकन काठमाडौको किर्तिपुरमा भब्य सेट निर्माण गरेर गरिनुका साथै मनाङको ३ हजार ५ सय मिटरको उचाइमा अधिकाँस हिउ परेको ठाउमा गरिएको हो । आशुुसेन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको छायाँकनमा राजेश श्रेष्ठ, सम्पादनमा बनिश शाह,भुपेन्द्र अधिकारी र एक्सन हिमाल केसीको रहेको छ ।
    ०७६ माघ ९ गते राती ९ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology