• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निवर्तमान प्रमुख जिल्ला अधिकारी रिजाल अख्तियारको नियन्त्रणमा

निवर्तमान प्रमुख जिल्ला अधिकारी रिजाल अख्तियारको नियन्त्रणमा


समायोजन खबर
  • मंगलबार, पौस १५ २०७६

  • खगेन्द्रप्रसाद रिजाल

    समायोजन खबर काठमाडौं,

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ । नेपाल सरकारका उपसचिवसमेत रहेका रिजाललाई आयोगले मंगलबार नियन्त्रणमा लिएको हो ।

    सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका रिजाललाई मंसिर तेश्रो साता दोलखा प्रजिअबाट हटाइएको थियो । सो अभियोग लाग्ने वित्तिक्कै उनलाई गृहमन्त्रालय तानिएको थियो । दोलखा प्रजिअबाट हटाएर गृहमन्त्रालय तानिएलगत्तै उनलाई आयोगले निलम्बन गर्न गृहमन्त्रालयलाई पत्र पठाएको थियो ।

    रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोग लागेको छ । प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसँग घुस लिएको भन्ने सूचना त्यसबेला विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए । आरोपी रिजालमाथि भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा छानबिन जारी छ ।

    २०७६ पुस १५ गते साँझ ६ :११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology