• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाँच करोड खर्चेर भ्रमण वर्षको उद्घाटन गरिने

पाँच करोड खर्चेर भ्रमण वर्षको उद्घाटन गरिने


समायोजन खबर
  • सोमबार, पौस १४ २०७६

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाडौं,

    भ्रमण वर्ष २०२० उद्घाटन भव्य हुने भएको छ । जनवरी १ का दिन सरकारले ५ करोड बढी खर्चेर भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्न लागेको हो । धिकतम २० लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको सरकारले भ्रमण वर्ष उद्घाटन समारोहका लागि मात्र कुल ५ करोड ३ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ ।

    यसअघि कार्यक्रमका लागि भ्रमण वर्ष २०२० मुल आयोजक समितिले २ करोड रुपैयाँ छुट्याएकोमा सो बजेटले नपुग्ने भएपछि थप बजेटको व्यवस्था गर्दै ५ करोड ३ लाख ८५ हजार रुपैयाँ पु-याइएको हो । गत भदौ १० गते बसेको समितिको पाँचौ बैठकले भ्रमण वर्षको औपचारिक सुभारम्भका लागि भन्दै २ करोड छुट्याएको थियो । तर उद्घाटन समारोहमा थप कार्यक्रम समावेश हुने भएपछि खर्च बढ्न गएको समितिले बताएको छ ।

    कार्यक्रममा विविध सांस्कृतिक झाँकी प्रदर्शनसहित नेपाली कला, संस्कृति, भेषभूषा बाजागाजा, नित्यसँगै वृहद् साङ्ले मार्चपास गरिने छ । साथै उत्त्साहपूर्ण कार्यक्रमका लागि ड्रोन मार्फत आकाशमा राष्ट्रिय झण्डा सहित भ्रमण वर्षको लोगो प्रर्दशन गरिने छ । यस्तै नेपाली सेनाको हेलिकटर मार्फत पनि राष्ट्रिय झण्डा र भ्रमण वर्षको ब्यान सहित पुष्पबृष्टि गर्ने कार्यक्रम तय भएको छ ।

    नेपाल भ्रमण २०२० समुद्घाटन कार्यक्रमका लागि मात्र २४ हजारलाई निम्तो पठाइएको छ । कार्यक्रममा सहभागिताका लागि स्वदेशी तथा विदेशी पाहुनासहित विशिष्ट व्यक्तित्वहरुका लागि करिब २४ हजारलाई निमन्त्रणा कार्ड पठाइएको सचिवालय सचिव बच्चुराम श्रेष्ठले जानकारी दिएका छन् ।

    २०७६ पुस १४ गते मध्यान्ह १ : ०५ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology