• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिलिण्डरलाई भान्सामा सधैँ ठाडाे बनाएर राखाैँ : निगम

सिलिण्डरलाई भान्सामा सधैँ ठाडाे बनाएर राखाैँ : निगम


समायोजन खबर
  • सोमबार, पौस १४ २०७६

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डाै,

    खाना पकाउने (एलपी) ग्यासको प्रयोग गर्दा विषेश सावधानी अपनाउन नेपाल आयल निगमले आग्रह गरेको छ । अत्यन्तै प्रज्वलनशील एलपी ग्यासको प्रयोग गर्दा चुहावट र दुर्घटनाको जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउन निगमले आग्रह गरेको हो । सिलिण्डर ल्याउँदा/लैजाँदा नगुडाउन र भान्सामा राख्दा सधैँ ठाडो बनाएर राख्न निगमले आग्रह गरेको छ ।

    सिलिन्डर सुताएर अथवा घोप्टाएर प्रयोग गर्दा ग्यास चुहिएर आगलागी हुन सक्ने भन्दै सधैँ ठाडो बनाएर राख्नुपर्ने निगमले बताएको छ । यस्तै रेगुलेटर, पाइप र चुलो गुणस्तरयुक्त मात्रै प्रयोग गर्न र हरेक दुई वर्षमा ग्यासको पाइप फेर्न र खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्न, खाना पकाउँदा झ्यालढोका खोल्न, बाहिर सुतीको कपडा लगाउन पनि निगमले सचेत गराएको छ ।

    ग्यास चुहिएको शंका लागेमा, ग्यासको गन्ध आएमा पहिला रेगुलेटर र त्यसपछि चुल्हो बन्द गर्ने, सलाई, लाइटर, धुप, आदि नबाल्न र रेगुलेटरलाई सिलिण्डरबाट छुटाएर सिलिण्डरमा सेफ्टी क्याप लगाइ बाहिर खुला ठाउँमा राख्न निगमले सुझाएकाे छ ।ग्यासमा कुनै समस्या देखिएमा तत्काल नजिकका ग्यास बिक्रेता अथवा ग्यास उद्योगमा सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ ।

    २०७६ पुस १४ गते बिहान ८ :२२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology