• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सञ्चारमन्त्रीको आक्रोस ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको छ

सञ्चारमन्त्रीको आक्रोस ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको छ


समायोजन खबर
  • मंगलबार, पौस ८ २०७६

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ।

    समायोजन खबर काठमाण्डाै,

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको बताउनुभएको छ । विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री बास्कोटाले यस्तो बताउनुभएको हो । मन्त्री बस्कोटाले तथ्य र प्रमाणबनिा समाचार लेख्ने प्रवृति र ‘हेडलाइनकारिताले’ यो क्षेत्र समस्याग्रस्त भएको बताउनुभएको हो । तथ्यबिना लेखिएका समाचारहरुमा पीडित पक्षले आफ्नो कुरा सुधार्ने ठाउँ नपाएकाले विधेयकको आवश्यकता परेको उहाँले बताउनुभयो ।

    पीडित पक्षले पनि स्पष्टीकरण दिने ठाउँसमेत नदिने र पुष्टि नभएका समाचार लेख्नेहरुलाई दण्ड जरिवाना दिने व्यवस्था गरिएको बताउनुभयो । विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरेको बाँस्कोटाले दावी गर्नुभएको छ । ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कल्पना गर्न सक्दैनौँ । नेपालको संविधानलाई टेकेर बन्ने कुनै पनि कानुनले त्यो अनुमति दिँदैन’, बाँस्कोटाले भन्नुभयो ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो भन्नेहरुको त्रास मात्रै हो । त्यो व्यक्तिगत रुपमा प्रकट हुने कुरा हो ।’

    मन्त्री बाँस्कोटाले अरुको सबै कुरा पारदर्शी खोज्नेले आफूलाई पारदर्शी राख्नुपर्ने बताउनुभएको छ । ७ लाख प्रति पत्रिका छाप्नका लागि भनेर पेपर ल्याउने तर १ लाख छापेर अरु बजारमा बेच्ने कुरालाई नियन्त्रण गर्न विधेयक आवश्यक भएको उहाँले बताउनुभयो । प्रेस काउन्सिलले गरेको वर्गीकरणको सन्दर्भमा धेरैले आपत्ति जनाउने गरेको तर कति प्रति छापियो, कतिले पढे ? भन्ने कुरा अनुगमन गर्न जाँदा लुकाउने प्रवृत्ति रहेको उहाँले बताउनुभयो ।

    २०७६ पुस ८ गते राती ८ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology