• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रेनु दाहाललाई फेसबुकमा जथाभावी लेख्नेविरुद्ध प्रहरीमा उजुरी

रेनु दाहाललाई फेसबुकमा जथाभावी लेख्नेविरुद्ध प्रहरीमा उजुरी


समायोजन खबर
  • आइतबार, असोज १२ २०७६

  • भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ।

    समायोजन खबर चितवन,

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील पोष्ट गर्ने, श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ ।

     

    महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो । विभिन्न समूह र व्यक्तिका नाममा मेयर रेनु दाहालको चरित्र हत्या गर्ने निकृष्ट र घृणित कार्य गर्नेविरुद्ध कानुनी कारवाहीका लागि जाहेरी दर्ता गरिएको महानगरपालिकाका मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

     

    शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडी अर्धनग्न तस्वीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्टसमेत गरेका थिए । चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले महानगर प्रमुख दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टबारे जाहेरी आएको बताए । आवश्यक अनुसन्धान र गलत हर्कत गर्नेहरुको खोजि सुरु भइसकेको उनले बताए ।

    दोषीलाई आवश्यक कानुनी कारबाही गरिने प्रमुख मल्लको भनाइ छ । महानगरपालिका मेयर दाहालकै निर्देशनमा शाहीमाथि आक्रमण भएको आरोप लगाउँदै उनीहरुले मेयर दाहालका विरुद्ध निम्नस्तरका पोष्टहरु गरेका थिए । जिल्लामा घटना हुँदा मेयर दाहाल इन्डोनेसियामा भएको कार्यक्रम सहभागी भएर काठमाडौं फर्किएकी थिइन् ।

    २०७६ असोज १२ गते राती ९ :०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology