समायोजन खबर काठमाडौं,
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा ढुक्क हुन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।
संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढ रहेको बताए । ‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार बनाउन आफ्नो पार्टी दृढ रहेको विश्वास म सञ्चारकर्मी साथीहरुलाई दिलाउन चाहन्छु ।’
सम्बोधनका क्रममा आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि पटकपटक दोहोर्याए । तर प्रेस स्वतन्त्रताको अर्थ अराजकता होइन, उदण्डता होइन भन्नेमा सञ्चारकर्मीहरुले पनि ध्यान दिनुपर्ने उनले बताए । राज्य नियन्त्रण गर्नुभन्दा पत्रकार स्वयंमले कस्तो मूल्यमान्यता आचार संहिता बनाउन सोच्नु पर्ने पनि बताए ।
२०७६ असोज ११ गते अपरान्ह ३ :०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology