समायोजन खबर काठमाण्डौ,
अबको तीन दिन देशभर मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बाहिरबाट आएको जलवाष्पयुक्त हावा र नेपालमै बनेको स्थानीय वायुको प्रभावले अझै तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) औसत स्थानमै रहेको र नेपालको मध्य तथा पूर्वी भूभागमा जलवाष्पयुक्त वायुको प्रभाव देखिएकाले मनसुनी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् अर्यालका अनुसार तीन दिनसम्म देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । कुनै कुनै भूभागमा भारी वर्षाको सम्भावना पनि रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तर लगातार झरीको संभावना भने छैन ।’
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज ०९ गते बिहीबार
दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
असोज १० गते शुक्रबार
दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभरी सामान्य बदली रहनेछ । पूर्व, मध्य तथा पश्चिमका केही ठाउँमा हल्कोखि मध्यम वर्षा हुनेछ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
असोज ११ गते शनिबार
दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
२०७६ असोज ९ गते बिहान ९ : ०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology