समायोजन खबर काठमाडौँ,
सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर खरिद गरेको हेलिकप्टर काठमाडौंमा आइपुगेको छ ।सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको हेलिकप्टर बिहिबार काठमाडौंमा आइपुगेको हो ।

१ अर्ब ४० करोड खर्च गरेर इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाले सञ्चालन हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ । दर्ता नम्बर ‘नाइएन(पिएमए’ हुने बताइएको छ ।
नेपाली सेनाको कलरमा नहुने यो हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ। यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ । आठ सिट हुने यो हेलिकप्टरमा भिभिआइपी प्रायोजनका लागि सिट घटाउन सकिने जनाइएको छ ।
२०७६ असोज २ गते साँझ ५ :३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology