समायोजन खबर काठमाडौं,
तलब नपाएको भन्दै मलेसियामा एकजना नेपालीले सुपरभाइजरको हत्या गरेका छन् । अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका हुन् । प्रहरीले घटनामा उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो भएको घटनामा ५४ वर्षीय ली पोह मेङ मारिएका हुन् । उनको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो ।
१ सेप्टेम्बरको बेलुकी ६ः१० बजेतिर पीडितलाई कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हानिएको सीसीटीभी फुटेजमा देखिएको छ ।‘सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपरभाइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रहरी अधिकृत मोहम्मद जानी चे दिनले सञ्चारमाध्यमलाई भनेका छन् । घटनामा दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको बताए पनि पक्राउ पर्नेको नाम भने उनले खुलाएनन् ।
२०७६ भदौ १७ गते मध्यान्ह १ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology