समायोजन खबर भक्तपुर,
आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन) लाई बिहीबार पक्राउ गरेको हो ।
रामेछाप घर भएर अहिले चाँगुनारायण नगरपालिकामा बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । १० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उनले जानकारी दिए । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको शुक्रबार स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए ।
२०७६ भदौ ६ गते दिउँसो २ :०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology