• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डलरको बढ्यो भाउ, विदेशबाट पैसा पठाउनेलाई फाइदा

डलरको बढ्यो भाउ, विदेशबाट पैसा पठाउनेलाई फाइदा


समायोजन खबर
  • शुक्रबार, भाद्र ६ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    भदौ महिनाको पहिलो हप्ता अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । हप्ताको पहिलो दिन आइतबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा थियो । सोमबार पनि डलर यही भाउमा कारोबार भयो । मंगलबार भनेर डलरको भाउ थोरैले बढेर खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा पुग्यो । बुधबार फेरि भाउ बढ्यो । बुधबार डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३ पैसा थियो ।

     

    बिहीबार भाउ थोरैले घट्यो । बिहीबार डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा कायम भयो । हप्ताको अन्तिम दिन शुक्रबार फेरि डलरको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा तोकिएको छ । डलरको भाउ बढ्दा अर्थतन्त्रका अरु क्षेत्रमा असर परे पनि विदेशबाट पैसा पठाउनेलाई, पर्यटन र निर्यात क्षेत्रमा भने फाइदा पुग्छ ।
    २०७६ भदौ ६ गते दिउँसो २ :०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology