समायोजन खबर मुम्बई,
भारतीय अभिनेत्री शिल्पा शेट्टीले एक विज्ञापनमा काम गर्न अस्विकार गरेकी छन् । १० करोड भारु पारिश्रमिकसहित उनलाई एक आयुर्वे्दिक स्लिमिङ पिलको विज्ञापनका लागि प्रस्ताव गरिएको थियो ।
१० करोड भारु उनले वास्ता नगरेपछि यस विषयलाई लिएर हाल बलिउड सिने क्षेत्र निकै तातेको छ । स्लिम पिल र फेड डाइट आकर्षक हुन्छन् तर यस्ता चिजविजले तुरून्त असर गर्ने बताउँदै उनले यस विज्ञापन नगरेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘मलाई विश्वास नभएको केही त्यस्तो चिजहरू म बेच्न चाहन्न, निश्चित दैनिकमा रहेर स्वस्थ्य खानेकुरा खाँदा जति गर्व महसुस हुन्छ, त्यसको मुकाबिला अरूले गर्ने सक्दैन ।’ बलिउडमा शिल्पा शेट्टीको फिटनेसलाई लिएर निकै चर्चा भइरहेको हुन्छ ।
२०७६ भदौ ३ गते मध्यान्ह १ :५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology