• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया


समायोजन खबर
  • शनिबार, साउन ३२ २०७६

  • समायोजन खबर काठमाडौं,
    दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन सर्वोत्तम विकल्प हो भन्दा अतिसयुक्ति नहोला । यसका लागि दुबै शारीरिक रुपमा तयार भएर मात्र पुग्दैन, मानसिक रुपमा पनि उत्तिकै उत्सुक हुन जरुरी छ ।

    एकजना यौनका लागि तयार भइरहँदा अर्को पनि उतिकै तयार हुनु पर्दछ । अन्यथा दुईबीच भएको यौनसम्पर्क रोमाञ्चक हुँदैन । यसरी एकजनाको मात्र दवावमा बनाइने यौन सम्बन्ध रोमाञ्चक हुँदैन । त्यसैले जब एक पार्टनर यौनका लागि तयार हुन्छन्, अर्का पार्टनरलाई पनि त्यसमा उत्साहित गराउनुपर्छ । यसका लागि कामुक हाउभाउ, पहिरन, वातावरण आदि थुप्रै कुराको व्यवस्था गर्न सकिन्छ ।


    यौन सम्बन्धअघि पाकक्रिडा गरिन्छ । यसले यौनका लागि दुबै पार्टनरलाई उक्साउँछ । पाकक्रिडाले दुई पार्टनरबीच उत्सुकता पैदा गर्छ । यौन सम्पर्क अघि गरिने पाकक्रिडाले यौनका लागि दुबै पार्टनरलाई उक्साउँछ । पाकक्रिडाको अनेक विधी छन् । यसमा स्पर्श, चुम्बन, संवेदनसिल अंग चलाउने आदि क्रिया गरिन्छ । पाकक्रिडाको क्रममा जब दुबै उत्कर्षमा पुग्छन्, तब यौन सम्बन्ध सुरु गर्दा बढी रोमान्चक हुन्छ ।

    कसैकसैको यौनजीवन किन पनि खल्लो हुँदैछ भने उनीहरुको आसन, स्थान एकनास हुनेगर्छ । यसले गर्दा यौनजीवन दिक्क लाग्दो हुन सक्छ । स्थान तथा आसनले यौनमा बेग्लै रोमाञ्चकता प्रदान गर्छ । यसकुरालाई ध्यान दिएर गरिने यौनक्रिया रोमाञ्चक हुने बताइन्छ । त्यसैगरी लगातार अथवा दिनहुँको यौनक्रियाले पनि रोमञ्चकतामा कमी आउन सक्छ ।

    केहि समय ग्याप राखेर मात्र सम्बन्ध बनाउँदा आनन्ददायी हुने गर्दछ । यो बीचको प्रतिक्षामा आफ्नो पार्टनरबीच उत्तेजना बढ्दै गएको पाउन सकिन्छ । केही समयको अन्तरालपछि जब सम्बन्ध बन्छ त्यतिबेला धेरै मिठो अनुभूति हुने गर्दछ । यौन सम्पर्कले शारीरिक र मानसिक दुबै रुपमा दम्पतीलाई स्वस्थ्य, उर्जावान् बनाउने बताइन्छ । एजेन्सीको सहयोगमा
    २०७६ साउन ३२ गते राती ८ : ११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology