“अख्तियार प्रमुखज्यू, २ सय वर्ष बाँच्नुस्” भनेर आत्महत्या

समायोजन खबर उदयपुर,
भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन् । आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका–९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन् ।

सोही नगरपालिका–१० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनको साथबाट दुई पृष्ठ लामो ‘सुसाइड नोट’ भेटिएको छ । उनले त्यहाँ ‘आफू निर्दोष रहँदारहँदै भ्रष्टाचार मुद्दा लगाइएको’ जनाएका छन् । ५५ वर्षीय आचार्यले ‘अख्तियार प्रमुख नवीन घिमिरेको दुई सय वर्ष आयु होस्’ भनी ‘सुसाइड नोट’मा बिलौना गरेका छन् ।


‘सुसाइड नोट’मा आचार्यले आफ्नो परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचार आरोप लाग्दा आत्महत्याको बाटो रोजेको उल्लेख गरेको प्रहरीले जनाएको छ ‘म कसैको दुई रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्ने अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना !,’ सुसाइड नोटमा लेखिएको छ ।

उनी शनिबार घर पुगेपछि हराइरहेका थिए। बेपत्ता भएपछि उनलाई दिनभरि खोजी गरिए पनि फेला पार्न सकिएको थिएन । ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेश दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीका अनुसार आचार्यको लाश पोस्टमार्टम गरी आफन्तले बुझिसकेका छन्। आचार्यको आइतबारै अन्त्येष्टि गरिएको थियो ।
२०७६ साउन २७ गते अपरान्ह ३ :३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...