भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन

समायोजन खबर काठमाडौं,
भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हो । २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सांसद भएकी थिइन् । उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले श्रदाञ्जली दिएका छन् । मोदीले एक असाधारण नेताको निधनले देश शोकमा रहेको बताएका छन् ।
भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ ।
को हुन सुष्मा स्वराज
सुष्मा स्वराजको जन्म १४ फेबु्ररुअरी १९५२ मा भएको हो । भारतीय राजनितिज्ञ र वर्तमान भारतीय विदेशमन्त्री हुन् । इन्दिरा गान्धी पश्चात (२२ अगस्ट १९६७ देखि १४ मार्च १९६९ सम्म), विदेशमन्त्री हुने उनी दोस्रो महिला हुन् । स्वराज सात पटक लोकसभाको सदस्य भएकी छिन् भने, तीन पटक राज्यसभाको सदस्य भएकी छिन् ।
२५ वर्षको उमेरमा उनी हरियाणाको सबैभन्दा कम उमेरकी मुख्य मन्त्री बन्न सफल भइन् । उनी दुइ पटक दिल्लीकी मुख्य मन्त्री बन्न सफल भइन् । सन् २०१४ को आम निर्वाचनमा उनी विदिशा, मध्य प्रदेशबाट विजयी हासिल गर्न सफल भइन । यस क्रममा उनले चार लाखभन्दा बढी भोटले विजयी हुन सफल भइन् । २६ मे २०१४ मा उनी भारतको विदेशमन्त्री भएकी थिईन् ।
२०७६ साउन २२ गते बिहान ७ :५२ मा प्रकाशित