समायोजन खबर काठमाडौं,
घुससहित रंगेहात पक्राउ गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका उपरजिष्टार पुष्पराज पाण्डेले राजकुमार र रामहरिलाई क्रमशः ४८ लाख र ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनीहरुले धरौटी वापतको रकम अदालतमा बुझाइसकेका छन् । यसअघि २६ असारमा रौनियारद्वय ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवास धरानबाट पक्राउ परेका थिए ।
उपकुलपति रौनियारविरुद्ध ९ साउनमा आयोगले १ करोड २८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार कसूरमा मुद्दा दायर गरेको थियो भने उनका भतिज रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो । आयोगका अनुसार श्याम सुन्दर निर्माण सेवा प्रा.लि.का सब कन्ट्याक्टर गिना एवं गिना कन्स्ट्क्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग रौनियारद्वयले घुस लिएका थिए । घुस लिएको संवाद अख्तियारसम्म पुगेपछि आयोगले अनुसन्धान थालेको थियो ।
२०७६ साउन २१ गते राती ८ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology