• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मनसुनी गतिविधि सक्रिय, केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

मनसुनी गतिविधि सक्रिय, केही स्थानमा ठूलो पानी पर्ने सम्भावना


समायोजन खबर
  • मंगलबार, साउन २१ २०७६

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेपछि मनसुनी गतिविधि सक्रिय बनेको छ । मंगलबार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो पश्चिमी भेगमा सामान्य बदली र पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।

    देशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र पश्चिमी पहाडको केही भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस्तै, मंगलबार राति देशभर सामान्यतया बदली हुने र पूर्वी क्षेत्रका केही भूभागमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । केही दिनदेखि कमजोर बनेको मनसुन अहिले सक्रिय भएकाले पूर्वका पहाडी, मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
    २०७६ साउन २१ गते बिहान ९ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology