Samayojan khabar

Advertisment

SKIP THIS

बैंकको सञ्चालक र सीईओ हुन उमेर हद, सीईओको ६५ वर्ष, सञ्चालकको ७० वर्ष

बैंकको सञ्चालक र सीईओ हुन उमेर हद, सीईओको ६५ वर्ष, सञ्चालकको ७० वर्ष




समायोजन खबर काठमाडौं,
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुका लागि अधिकतम उमेर हद तोकेको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्य्विधि, २०७५ लाई संशोधन गर्दै सोमबार राष्ट्र बैंकले नयाँ उमेर हद तोकेको हो ।

राष्ट्र बैंकको गरेको नयाँ व्यवस्था अनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कायृकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्ममात्रै काम गर्न पाउनेछन् ।६९ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सीईओ पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।


यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चालक पदमा निर्वा्चित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ । ७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक फोरमहरुमा नै सञ्चालक र सीईओको उमेरहद तोक्ने बताउदै आएका थिए ।

राष्ट्र बैंकको यो कदमसँगै एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले अध्यक्ष पद त्याग्नुपर्ने देखिएको छ भने प्राइम कमर्सियल बैंकका सीईओ नारायणदास मानन्धरलाई समस्या परेको छ । उनीहरु दुबै जना राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार उमेरका कारण सो पदमा रहन योग्न हुने छैनन् । प्राइमका सीईओ मानन्धर केही दिन अघिमात्रै सीईओमा पुनःनियुक्त भएका थिए ।
२०७६ साउन २० गते राती ८ :०५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology