• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनको भाउ अहिलेसम्मकै महँगो

सुनको भाउ अहिलेसम्मकै महँगो


समायोजन खबर
  • आइतबार, साउन १९ २०७६

  • साँकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    सुनको भाउ लगातार बढ्दा कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन् । सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


    गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । त्यसकै असर नेपालमा पनि परेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन् । अहिले सुन किन्ने भन्दा पनि बेच्ने धेरै भएको उनीहरुको भनाइ छ ।
    १०७६ साउन १९ गते मध्यान्ह १२ :५८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology