• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जुवाडे पतिले पत्नीलाई दाउमा लगाए, हारेपछि सामूहिक बलात्कार

जुवाडे पतिले पत्नीलाई दाउमा लगाए, हारेपछि सामूहिक बलात्कार


समायोजन खबर
  • शनिबार, साउन १८ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको छ ।

    जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि पत्नीलाई दाउमा लगाएका थिए । हारेपछि उनका साथीले पत्नीसँग सामूहिक बलात्कार गरे । त्यसपछि उनकी पत्नीले प्रहरीमा उजुरी गरिन् तर प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितले बताइन् । त्यसपछि पत्नी अपमानित भएर माइती गएकी थिइन् ।

    त्यसपछि पति पनि ससुराली गए र अबदेखि यस्तो नगर्ने शर्तमा पत्नीलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका पतिले साथीहरु अरुण र अनिललाई पनि त्यही गाडीमा चढाए । फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण पत्नीको बलात्कार गरे ।
    २०७६ साउन १८ गते साँझ ७ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology