• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मनसुन फेरी सक्रिय बाढी पहिरोको खतरा, सतर्कता अपनाउन आग्रह

मनसुन फेरी सक्रिय बाढी पहिरोको खतरा, सतर्कता अपनाउन आग्रह


समायोजन खबर
  • मंगलबार, साउन ७ २०७६

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


    मंगलबार बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भएर केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा पूर्ण बदली हुने र पश्चिमका केही स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुने मौसमविदहरुको अनुमान छ । यस्तै, मंगलबार राति पूर्वी तथा मध्यका केही स्थानमा र पश्चिमका थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै, पश्चिममा आंशिकदेखि सामान्य बदली भएर केही स्थानमा वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।

    पुनः मनसुन सक्रिय भएकोले अबको तीन दिन सम्म नै केही भूभागमा भारी वर्षा हुने भएकाले पहाडी भूभागमा पहिरो जान सक्ने तथा चुरेबाट बहने खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
    २०७६ साउन ७ गते बिहान ८ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology