• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कैलाली बम विस्फोटमा एक जनाको मृत्यु

कैलाली बम विस्फोटमा एक जनाको मृत्यु


समायोजन खबर
  • शुक्रबार, साउन ३ २०७६

  • समायोजन खबर काठमाडौं,
    सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा शक्तिशाली बम विस्फोटमा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

     

    बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो । विस्फोटमा अन्य घाइते को अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । अस्पताल पुर्याइएका घाइतेको शरीर जलेको छ ।

    त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको पहिचान खुल्न बाँकी रहेको छ ।
    २०७६ साउन ३ गते बिहान ७ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology