समायोजन खबर काठमाडौं,
नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकविरुद्ध गर्दैै आएको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । महासंघका महासचिव रमेश विष्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता र महासंघका पदाधिकारीबीच मंगलबार सिंहदरबारमा मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस स्वतन्त्रता विरोधी विषय संशोधन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता गरिएको जानकारी दिए ।
नेकपा संसदीय दलको कार्यालयमा मंगलबार उपनेता सुवास नेम्वाङ, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, राष्ट्रियसभामा नेकपाका नेता दीनानाथ शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सांसद योगेश भट्टराईसमेतको उपस्थितिमा संसदीय दलका तर्फबाट राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव तयार पारी महासंघले उठाउँदै आएको कुरालाई समेट्ने लिखित प्रतिबद्धता व्यक्त गरेको महासचिव विष्टले बताए । काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्डजरिवानालगायत सरोकारलाई सम्वोधन गर्ने प्रतिबद्धता नेताहरुले जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको उनले बताए ।

‘‘सरकारले दर्ता गरेको विधेयकका सन्दर्भमा सरकारको नेतृत्व गरिरहेको पार्टीको संसदीय दलकै तर्फबाट प्रतिबद्धता व्यक्त भएको सन्दर्भमा महासंघ उक्त प्रतिबद्धताको स्वागत गर्दै कानून निर्माण गर्ने थलो जननिर्वाचित संसद्ले महासंघका सबै सरोकारहरुलाई सम्वोधन गर्ने विश्वास व्यक्त गर्दछ’’, विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ”, महासंघले सञ्चालन गर्दै आएको तेस्रो चरणका सडक सङ्घर्षका बाँकी कार्यक्रमहरु स्थगन गरी सङ्घीय संसद्मा संशोधन प्रक्रियामार्फत महासङ्घले उठाएका विषयवस्तुलाई सम्बोधन गराउन छलफल, संवादजस्ता गतिविधिमार्फत दबाब सिर्जना गरिने गरिने छ ।’’

महासङ्घले सरकारले राष्ट्रियसभामा गत वैशाख २७ गते दर्ता गरेको मिडिया काउन्सिल विधेयकसहित समग्र सञ्चारसम्बन्धी विधेयकलाई प्रेस स्वतन्त्रतामैत्री बनाउने सन्दर्भमा दवावमूलक आन्दोलन सञ्चालन गर्दै आइरहेको थियो ।
२०७६ असार २५ गते बिहान ९ :५६मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology