• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बजेटप्रति असहमति जनाउँदै पोखरा महानगरपालिकाको कार्यालयमा ताला

बजेटप्रति असहमति जनाउँदै पोखरा महानगरपालिकाको कार्यालयमा ताला


समायोजन खबर
  • बिहिबार, असार १२ २०७६

  • समायोजन खबर कास्की,
    पोखरा महानगरपालिकाले ल्याएको बजेटप्रति असहमति जनाउँदै आएका कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिहरुले महानगरपालिकाको कार्यालयमा ताला लगाइदिएका छन् । बजेट विनियोजनमा विभेद गरेको आरोप लगाउँदै नगरसभा स्थल पोखरा सभागृह हलमा बजेट किताब च्यातेर बाहिरिएका थिए । तालाबन्दी पछि कांग्रेस जनप्रतिनिधिहरुले महानगरपालिकाको मूल गेट अगाडि प्रदर्शनसमेत गरेका छन् । कांग्रेस जनप्रतिनिधिहरुको तालाबन्दी र प्रदर्शनको कारण महानगरपालिकाको दैनिक कामकाज प्रभावित भएको छ ।

     

    महानगरपालिकाले ल्याएको बजेट वितरण समानुपातिक नभएको र भविष्यमा हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई लक्षित गरी बजेट ल्याइएको कांग्रेसबाट निर्वा्चित वडाध्यक्ष शंकर बास्तोलाले आरोप लगाउनुभएको छ ।महानगरपालिकाले भने कांग्रेसका जनप्रतिनिधिहरु बजेट किताब च्यातेर बाहिरिएका भए पनि बहुमतले बुधबार नै बजेट पारित गरेको छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपाका हुन् ।

    बजेट पारित भए पनि यसलाई नसच्याउने हो भने निरन्तर आन्दोलन गर्ने र कार्यान्वयन हुन नदिने चेतावनी कांगे्रेस तर्फका जनप्रतिनिधिहरुले दिएका छन् । नेकपाले जितका वडामा धेरै बजेट पारिएको र कांग्रेसले जितेका वडामा कम बजेट पारिएको आरोप पनि कांग्रेसको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलेचाहीँ बजेटमा कुनै विभेद नभएको दाबी गर्नुभएको छ ।
    २०७६ असार १२ गते मध्यान्ह १२ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology