• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘क्लिन फिड’ को पत्रकार महासङ्घद्वारा स्वागत

‘क्लिन फिड’ को पत्रकार महासङ्घद्वारा स्वागत


समायोजन खबर
  • मंगलबार, असार १० २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाडौं,
    नेपाल पत्रकार महासङ्घले सङ्घीय संसदमा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा ‘क्लिन फिड’ व्यवस्था लागू गर्ने विषय उच्च प्राथमिकतामा राख्दै आएको बतएका छन् । ‘क्लिन फिड’ ले नेपाली सञ्चार माध्यमको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने पनि महासङ्घले विश्वास व्यक्त गरेको छ ।

    विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्था गरी लागू गर्ने दृढता प्रदर्शन गरेकामा महासङ्घले सरकारलाई धन्यवाद व्यक्त गरेको हो । मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हुँदा उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुसँग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन पनि महासङ्घले सरकारलाई अनुरोध गरेको छ । महासङ्घले बुधबार वसन्तपुरमा चर्चित कविहरुको कविता वाचन र ख्यातिप्राप्त काटुर्निष्टहरुको कार्टुन चित्र प्रदर्शनी आयोजना गर्दैछ । महासङ्घले आन्दोलनरत पक्षसँग वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर्न सरकारसँग पुनःआग्रह गरेको छ ।
    २०७६ असार १० गते राती ८ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology