समायोजन खबर काठमाडौं,
सुनको मूल्यमा मंगलबार पुनः नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ५ सय तोकेको छ ।
मंगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् । गत बिहीबार देखि सुनको मूल्य आकाशिन थालेको थियो । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेर ६४ हजार पुगेको थियो । शुक्रबार पुनः प्रतितोलमा एक हजार रुपैयाँले बढेर ६५ हजार पुग्यो ।

शुक्रबारदेखि सोमबार प्रतितोला रु ६५ हजारमा स्थिर रहेको मूल्य मंगलबार पुनः ५ सय रुपैयाँले बढेको हो । सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि राजधानिका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको भिड लागेको छ । सुन नभई नहुनेहरुले पनि सुन खरिदको मात्रा घटाएको व्यवसायीहरुले बताएका छन् ।
२०७६ असार १० गते साँझ ६ : १४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology