• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गुठी विधेयक आज फिर्ता हुने

गुठी विधेयक आज फिर्ता हुने


समायोजन खबर
  • मंगलबार, असार १० २०७६

  • समायोजन खबर काठमाण्डौ,
    राष्ट्रियसभामा पेश भएको गुठी विधेयक मंगलबार फिर्ता हुने भएको छ । गएको वैशाख १७ गते संसद्मा दर्ता भएको गुठी विधेयक, २०७५ नागरिकको विरोधपछि मंगलबार फिर्ता हुन लागेको हो । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

     

    मन्त्री अर्यालको प्रस्तावमा सांसद्ले आफ्नो सहमति जनाएपछि विधेयक फिर्ता हुनेछ । यो विधेयक गुठी परम्परा विपरित र यसबाट गुठी संरक्षण हुन नसक्ने भन्दै विधेयकका धेरै बुँदामाथि असहमति राख्दै स्थानीय तथा अभियन्ताले विरोध गरेका थिए । संसद् नियमावली अनुसार विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ ।

    गुठियार र सरोकारवालाको तीव्र विरोध भएपछि मन्त्री अर्यालले गएको असार ३ मा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता गर्ने घोषणा गर्नुभएको थियोे । मंगलबारको राष्ट्रियसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ ।

    २०७६ असार १० गते बिहान ९ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology