समायोजन खबर काठमाण्डौ,
आइतबार बिहानै उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भैरहेको छ । पूर्वी भेगबाट गएको बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्य क्षेत्र हुँदै पश्चिमी भूभागमा सरिरहेको छ । यसैको प्रभावले देशका विभिन्न भूभागमा वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन मध्य हुँदै पश्चिमी क्षेत्रमा जाने भएकाले आइतबार अन्य भूभागको तुलनामा पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । मध्य र पश्चिमी भूभागमा पानी पर्ने सम्भावना भएकाले चुरेबाट बहने नदीमा भने बाढीको सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै बाढी पुर्वानुमान महाशाखाले सूचना निकालेर आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई लगायतका नदीमा पानीको सतह बढ्ने जनाएको छ । यस्तै साना तथा खहरे खोलामा पनि एक्कासी पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थान तथा मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भूभागहरुको केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति देशको पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने पूर्वी र मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्व तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिमी भूभागका थोरै स्थानहरुमा भारी वर्षा हुनुको साथै उच्च हिमाली भूभागहरुमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
२०७६ असार ८ गते बिहान ८ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology