समायोजन खबर काठमाडौ,
हुम्लामा कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको खोजिकार्य आज बिहानैदेखि शुरु गरिएको छ। बेपत्ता भएकाहरुलाई मंगलबार साँझ सम्म खोजि गर्दा नभेटिएपछि बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको टोलीले कर्णालीको किनारमा खोजि कार्य शुरु गरिएको हुम्लाका सहयाक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट गोताखोरको टोली लिएर गएको हेलिकोप्टर केहिबेरमा घट्नास्थल पुग्दैछ। मंगलबार उद्दारमा गएका ४ वटा हेलिकप्टर मौसम खराब भएका कारण राउन्ड लगाएर फर्केका थिए ।

हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप मंलबार दिउँसो कर्णाली नदीमा खसेको हो। जीप नदीमा खस्दा बेपत्ता हुनेहरुमा गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहितका १० जना रहेका छन् ।
२०७६ असार ४ गते बिहान ७ : ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology