• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय


समायोजन खबर
  • बिहिबार, जेष्ठ ३० २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको विभागका महानिर्देशक कुमार दहालले जानकारी दिनुभयो । यसअघि विभागले दसैँको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

    विभागले सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धिलगायत बजारको महङ्गीलाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको जनाएको छ । महानिर्देशक दहालका अनुसार अब सार्वजनिक सवारीको भाडा न्युनतम १६ रुपैयाँ पुगेको छ । विभागले ४ किलोमिटरलाई आधार मानेर न्यूनतम भाडा तोक्दै आएको छ । विभागले ट्याक्सीमा समेत वैज्ञानिक भाडादर कायम गरेको छ । जसअन्तर्गत असार १ गते नै लागु हुनेगरी ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागु गरिनेछ । यो प्रणाली लागु भएपछि ट्याक्सी व्यवसायी तथा उपभोक्ता दुबैलाई राहत हुने विभागले जनाएको छ ।
    २०७६ जेठ ३० गते राती ८ : ४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology