• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशभर हावाहुरी र वर्षाको सम्भावना

देशभर हावाहुरी र वर्षाको सम्भावना


समायोजन खबर
  • बुधबार, जेष्ठ २२ २०७६

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    पश्चिमी वायुको प्रभावले आज काठमाण्डौ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, विहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।


    उहाँका अनुसार पश्चिमको तुलनामा मध्य र पूर्वको धेरै ठाउँमा पानी पर्नेछ । अहिले प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको उहाँको भनाइ छ । पानी परेपछि देशभरी नै अधिकतम तापक्रम घटेको छ ।


    २०७६ जेठ २२ गते बिहान ८ : २०मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology