• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान


समायोजन खबर
  • सोमबार, जेष्ठ ६ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर विराटनगर,
    प्रदेश १ को सरकारले समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्याक्रम, मिल्क एनालाइजेर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी र्फमलाई ७० प्रतिशतसम्म अनुदान रकम दिएको हो ।

    मन्त्रालयले पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरण, बधशाला स्थापना, मासु चिस्यान घर, दूध ढुवानी साधन खरिदलगायतका १४ वटा कार्यक्रमका लागि कृषकहरुलाई अनुदान दिएको हो । मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरणको प्रबर्धनका लागि १० लाखदेखि डेढ करोड रुपैयाँसम्म अनुदान दिएको जानकारी दिए ।
    ‘प्रदेश सरकारले समग्र कृषि क्षेत्रको विकास सगै प्रबर्धन र बजारीकरणलाई प्राथमिक्तामा राखेको छ,’ खत्रीले भने, ‘सरकारको नीति तथा कार्यक्रम अनुसार नै कृषि क्षेत्रको विकास र प्रबर्धनका लागि यो अनुदान रकम उहाँहरुलाई प्रदान गरेको हो ।’ मन्त्रालयले अनुदान प्रदान गर्ने १४ वटा कार्यक्रमका लागि प्रस्ताव आव्हान गरेको थियो । प्रस्ताव आब्हान गरिएका मध्ये १ सय ४ वटा प्रस्ताव मन्त्रालयले स्वीकृत गरी कार्यक्रम सम्झौता गरिरहेको छ ।

    विभिन्न १४ वटा कार्यक्रम अन्तर्गत प्रस्ताव आब्हानका क्रममा ३ सय १३ वटा प्रस्ताव मन्त्रालयमा परेका थिए । जसमध्ये कार्यक्रमका लागि सम्पूर्ण मापदण्ड पुरा गरेका १०४ वटा प्रस्ताव मन्त्रालयले स्वीकृत गरेको सूचना अधिकारी खत्रीले जानकारी दिए । मन्त्रालयका पशुपन्छी विकास महाशाखाका प्रमुख डा. माधवप्रसाद अर्यालको संयोजकत्वमा रहेको ७ सदस्यीय समितिको सिफारिसमा ती प्रस्तावलाई कार्यक्रमका लागि स्वीकृत गरेको मन्त्रालयले जनाएको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि अधिकांश अनुदानमा आधारित कार्यक्रम अगाडि सारिएका छन् । अनलाइनखबर
    २०७६ जेठ ६ गते मध्यान्ह २ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology