समायोजन खबर काठमाण्डौ,
भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा सुरु भएको छ । आगामी ५ वर्षको लागि नेतृत्व चयन गर्न सात चरणमा भएको चुनाव हिजो सम्पन्न भएसँगै मतगनणा जारी छ । ५ सय ४२ सिटका लागि भएको मतदानको सुरुवाती मतगनणामा भारतीय जनता पार्टीको राम्रो नतिजा देखाएको छ ।
भारतीय चुनाव आयोगका अनुसार १४ औं लोकसभा चुनावमा झन्डै ७० प्रतिशत मतदान भएको छ । यस पटकको लोकसभा चुनावबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि सत्तामा आउने विभिन्न सर्वेक्षणहरुले देखाएको छ । आकलनका अनुसार भाजपाले यस पटक झन्डै ३० सय सिटमा जित हात पार्नेछन् । जुन बहुमतको सरकार हुनेछ । भारतमा बहुमतको सरकारका लागि २ सय ७३ सिटमा जित हात पार्नुपर्ने व्यवस्था छ । मतगनणाको अन्तिम नतिजा २३ मईमा सार्वजनिक हुने चुनाव आयोगले जनाएको छ ।
२०७६ जेठ ६ गते बिहान ८ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology