आज १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै




समायोजन खबर काठमाण्डौ,
आज अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभरी मनाईदैछ । प्रत्येक वर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । नेपालमा पनि दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक कार्यक्रमको आयोजना हुने गर्दछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।नेपालमा विराटनगरमा वि सं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । त्यस्तै वि सं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरीका श्रमजीविलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
२०७६ बैशाख १८ गते बिहान ८ :५६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology