• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यौन क्षमता बढाउन यसो गर्नुस

यौन क्षमता बढाउन यसो गर्नुस


समायोजन खबर
  • बुधबार, बैशाख १८ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    तनावरहित हुनुस, तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसी लगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन । चिल्लो कम खानस्, चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ ।

    जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।
    यौनवद्र्धक खाना खानुस : एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।

    व्यायाम गर्नुस : व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ ।

    स्वास्थ्यबारे सचेत रहनुस : छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ ।

    यौन चिकित्सकलाई भेट्नुस : अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ ।
    २०७६ बैशाख १८ गते बिहान ७ :४१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology