समायोजन खबर काठमाण्डौ,
आज बिहान राजधानीसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ६ बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । बिहान ६ स्२९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । 
धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ६ बजेर ४० मिनेटमा ती भूकम्पका अर्को धक्का महशुस गरिएको छ । १२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि धेरै मान्छे घरबाहिर निस्किएका थिए । भोलि २०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुँदैछ ।
२०७६ बैशाख ११ गते बिहान ९ :०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology