• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निजी आवासमा ८० प्रतिशत प्रगति भएको प्राधिकरणको भनाइ

निजी आवासमा ८० प्रतिशत प्रगति भएको प्राधिकरणको भनाइ


समायोजन खबर
  • मंगलबार, बैशाख १० २०७६

  • समायोजन खबर काठमाण्डौ,
    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण अन्तरगत निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ परिवारमध्ये ६ लाख १२ हजार ९ सय ३५ परिवार पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको हो । जसमध्ये ५० प्रतिशत अर्थात् ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सकिसकेका छन् ।

    बाँकी ३० प्रतिशत (२ लाख ३० हजार ६ सय ५८) परिवार पुनर्निर्माणका क्रममा रहेका जनाइएको छ । विद्यालय पुननिर्माणमा ८३ प्रतिशत प्रगति भएको प्राकिरणको भनाइ छ । भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा ५९ प्रतिशत अर्थात् ४ हजार ४ सय ७६ विद्यालयको पुनर्निर्माण सकिएको र एकहजार ७ सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको जनाइएको छ । प्राधिकरणका अनुसार स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ ६६ प्रतिशत उपलब्धी हासिल भएको छ । जसमा ५४ प्रतिशत (६४३) को पुनर्निर्माण सकिएको छ भने १२ प्रतिशत (१४५) पुनर्निर्माणको क्रममा रहेका छन् । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माण अन्तरगत २२४ वटा अर्थात् ३० प्रतिशत पुननिर्माण सम्पन्न भएको र २२१ वटा अर्थात् २९ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको छ । सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने ७१ वटा भवन पुनर्निर्माणको क्रममा रहेको छ ।

    यस्तै सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी हासिल भएको र जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको र ३५ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जनाएको छ । निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणले पुनर्निर्माण र पुर्नस्थापनाको कार्य सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ । पुनर्निर्माण र पुर्नस्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिनुभयो । प्राधिकरणले पुनर्निर्माण कार्य सम्पन्न गर्न करीब ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।
    २०७६ बैशाख १० गते साँझ ७ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology