समायोजन खबर काठमाण्डौ,
युक्रेनमा भएको दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति निर्वाचनमा ४१ वर्षका हास्य कलाकार भोलोदिमर जेलेन्स्की विजयी नजिक पुग्नुभएको छ । निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिएको मत सर्वेक्षणका अनुसार भोलोदिमरलाई ७० प्रतिशतभन्दा बढी मत प्राप्त भएको छ ।

मत सर्वेक्षणले उहाँका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोले २५ प्रतिशत मत प्राप्त गर्ने देखिएको छ । तीन हप्ताअघि भएको पहिलो चरणको मतदानमा पनि जेलेन्स्की सबैभन्दा अगाडि हुनुहुन्त्थ्यो । निर्वाचनमा ३९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । दोस्रो चरणमा जेलेन्स्की र वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोबीच प्रतिस्पर्धा भएको थियो । यसैबीच राष्ट्रपति पारोसेन्कोले निर्वाचनमा आफ्नो हार स्वीकार गर्नुभएको छ ।
२०७६ बैशाख ९ गते बिहान ९ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology