• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धानमा आत्मनिर्भर बनाउन चैते धान उत्पादनका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

धानमा आत्मनिर्भर बनाउन चैते धान उत्पादनका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी


समायोजन खबर
  • सोमबार, बैशाख ९ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    सरकारले नेपाललाई आत्मनिर्भर बनाउनका लागि चैते धान र मसिना तथा वास्नादार चामल उत्पादनका लागि विशेष कार्यक्रम ल्याउने भएको छ । धान उत्पादनका लागि सरकारले लिने वार्षिक लक्ष्य पुरा गर्न धानका लागि विशेष योजना ल्याउने तयारी भइरहेका कृषि विभागका महानिर्देशक सूर्य प्रसाद पौडेलले बताउनुभयो ।

    उहाँले प्रधानमन्त्री आधुनिकिकरण योजनाका साथै वर्षे धानका साथै अब चैते धान उत्पादनका लागि विशेष योजना र कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो ।  मुलुकको प्रमुख अन्नको रुपमा रहेको धानमा आत्मनिर्भर बनाउन चैते धानका साथै मसिना र वास्नादार धान उत्पादनका लागि किसानलाई अनुदान, उन्नत जातको बिउ, मल उपलब्ध गराउने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिने उहाँको भनाई छ । वर्षे भन्दा पनि चैते धानको उत्पादकत्वमा ध्यान दिइयो भने नेपाललाई सहजै र चाँडै धानमा आत्मनिर्भर बनाउन सकिने पौडेलले बताउनुभयो ।
    २०७६ बैशाख ९ गते बिहान ८ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology