• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्थानीय तहमा नगरप्रमुख र अध्यक्षहरुले काम गर्न नदिएको वडा अध्यक्षको गुनासो

स्थानीय तहमा नगरप्रमुख र अध्यक्षहरुले काम गर्न नदिएको वडा अध्यक्षको गुनासो


समायोजन खबर
  • शुक्रबार, बैशाख ६ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    सुदुरपश्चिम लगाएत देशका केही स्थानीय तहमा नगरप्रमुख र अध्यक्षहरुले काम गर्न नदिएको भन्दै वडाध्यक्षहरुले गुनासो गर्न थालेका छन् । बजेट विनियोजनदेखि कर्मचारी खटपटनको काममा पनि आफूहरुको कुरा नगरपालिका वा गाउँपालिकाले नसुन्दा काम गर्न नसकिएको वडाध्यक्षहरुले गुनासो गरेका हुन् । तर नगरप्रमुख र अध्यक्षहरुले भने यो कुरा अस्विकार गरेका छन् । सुदुरपश्चिममा मात्र होइन प्रदेश नम्बर २ मा पनि वडाअध्यक्षहरुलाई नगरप्रमुख र उपप्रमुखका कारण काम गर्न समस्या भइरहेको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले गुनासो गर्नुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्मचारी समायोजन पछि पनि विभिन्न स्थानमा कर्मचारी अभाव कायमै रहँदा यो समस्या भएको बताएको छ । संघीय संरचनामा बनेको ३ तहको सरकारले मिलेर समन्वयकारी ढंगले काम गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
    २०७६ बैशाख ६ गते बिहान ९ :४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology